५ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ प्राप्त गरेको छ । ग्लोबल एसएमई फाइनान्स अवार्ड प्राप्त हुँदा गौरव महसुस भएको बैंकले जनाएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन स्वरुप बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
अवार्डका लागि संसारभरका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । त्यस मध्येमा नेपालबाट मुक्तिनाथ विकास बैंक पनि समावेश भएको थियो ।
लघुवित्त क्षेत्रमा बैंकले पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ दी इएर९एशिया’ विधामा सम्मानित गरिएर्को हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको कम्पनीले जनाएको छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।