बाल सम्मान
२२ भाद्र २०७८, मंगलवार ०९:४४
बाल सम्मान
उमेर कच्चा मनका जवान
सदैव बच्चा पनि लौ नठान ।
भविष्यका हुन् सब कर्णधार
सम्मान होस् यो अब बारबार ।।१।
भनेर फुच्चा किन गर्नु गाली
माया दिलाऔँ नित हाँस्छ डाली ।
ठानी यिनै हुन् मनका जुहार
सम्मान होस् यो अब बारबार ।।२।
हे बाल तिम्रो अधिकार मर्छ
मागेर दिन्नन् अब खोस्नुपर्छ ।
नदी सँगै बग्छ जहाँ किनार
सम्मान होस् यो अब बारबार ।।३।
नहोस् ठुलो मानिस जन्मदैमा
हुनेछ विद्वान् न त हुर्कदैमा ।
सुन्ने गरौँ बालकका पुकार
सम्मान होस् यो अब बारबार ।।४।
हुन् भोलिका सुन्दर यी बिहानी
अवश्य फल्नेछ गरौँ लगानी ।
होस् स्नेह यी बालकमा अपार
सम्मान होस् यो अब बारबार ।।५।
-उत्तम विचार ।