Banking Khabar
बैंकिङ

कामना सेवा विकास बैंकद्धारा बत्ती हस्तान्तरण

September 12, 2021
सेयर:

२७ भदौँ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा निर्माण गरेको “ट्राफिक बत्ती” आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको समुपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजरराष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले ट्राफिक बत्ती अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए  ।  वडा नंं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीले बैंकले ट्राफिक बत्ती मात्र नभएर यस वडामा न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन जस्ता अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुको तर्फबाट विशेष धन्यवाद दिएका थिए ।

ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएका छ ।