एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

२९ भाद्र २०७८, मंगलवार १५:५९

२९ भदौँ, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते शनिबार साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सोही बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ५१ लाख २२ हजार ८७०।८९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले उल्लेखित बोनस सेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ।

यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभा प्रयोजनका लागि बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *