एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन
१ आश्विन २०७८, शुक्रबार १४:१४
१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश र हकप्रद शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ प्रतिशत बोनश शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछिको मूल्य ७६२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य १ हजार ५३ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी असोज १६ गते १५औं साधारण सभा आयोजना गरेको छ ।