Banking Khabar
Heading3

यी हुन् नेपाली बजारमा आएका रियलमीका चार नयाँ स्मार्टफोन

September 21, 2021
सेयर:

काठमाडौं – स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लेराएको छ। कम्पनीले रियलमी सि११, रियलमी सि२०, रियलमी सि २१ र रियलमी८ लेराएको हो।

यसमध्ये रियलमी सि२० र सि२१ अघिल्लो संस्करणहरुमा उपलब्ध विशेषताहरु भन्दा परिष्कृत रहेको कम्पनीको भनाइ छ।

यी दुवै फोनमा ६.५ इन्च डिस्प्ले राखिएको छ। रियलमी सि२१ मा ४ जिबी र्याम र ६४ जिबी स्टोरेज सहित तीनवटा क्यामरा छ। साथै सुन्दर डिजाइन र साना–साना थुप्रै फिचरहरुले फोनलाई अझ बढी आकर्षक बनाएको छ। रियलमी सि२० मा टिकाउ ब्याट्री र गेमिङ रेडी प्रोसेसर छ। रियलमी सि११ मा पनि छुट्टै विशेषता छ।

त्यसैगरी, रियल मी८ मा डिस्प्ले फिंगर प्रिन्ट सेन्सर भएको ६.४ छ। यो फोन ६जिबी र्याम र १२८ स्टोरजमा उपलब्ध छ। फ्ल्यागसिप रियल मी८ फोन गेमिङका लागि पनि राम्रो छ।

यसको डिस्प्ले एकहजार निट्ससम्म जान सक्छ ।जसकारण प्रयोगकर्ताले चम्किलो घाममा पनि सहजै चलाउन सकिने कम्पनीको भनाइ छ।

यो फोन क्वाड क्यामरा जडित छ। रियल मी८ कम तौलमा पातलो डिजाइनमा छ। यसमा ३० वाट डार्ट चार्जिङको सुविधा छ। जसले फोनलाई ६५ मिनेटमा ० प्रतिशत बाट १०० प्रतिशत चार्ज गराइदिने कम्पनीले बताएको छ।

कम्पनीकाअनुसार यी चार उत्पादनबाहेक रियलमीले दशैंअघि रियलमी सि २१वाइ र केही सरप्राइज लिएर आउँदैछ।