Banking Khabar
बैंकिङ

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

October 4, 2021
सेयर:

१८ असोज, काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।