Banking Khabar
बैंकिङ

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

October 6, 2021
सेयर:

२० असोज, काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । यस संगै अब बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरोशेयर खोल्नु सक्ने बैंकले जनाएको छ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजनामा ग्राहकले प्रथम वर्ष निशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्ने छन्।

देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।