पाल्पामा कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा

१३ चैत्र २०७८, आईतवार ०२:४८

काठमाडौं । कामना सेवा विकास बैंक पाल्पाको तानसेन-९, दमकस्थित महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

वडा नम्बर-९ का वडाअध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्वसञ्चालक रामप्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घा६न गरे ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बील भुक्तानीलगायत सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने बैंकले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *