एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।
ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।
ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वल्र्डको सम्पादकीय टिमले जनाएको छ ।
‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ ।
‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।
सूचीमा समावेश भएपछि एफ वान सफ्ट गु्रपका अध्यक्ष ढकालले देशमा आमुल परिवर्तनको परिकल्पना गरेको बताए । यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् ।
अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भएका छन् । ‘रेष्ट अफ वल्र्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबीचको विन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वर्ल्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।
सम्बन्धित खबर
जीवन बीमा कम्पनीको लगानी सात खर्ब ५७ अर्ब पुग्यो
२७ मंसिर २०८२, शुक्रबार
हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै
२७ मंसिर २०८२, शुक्रबार
को हुन् मिस नेपाल प्रियंका रानी जोशी
२७ मंसिर २०८२, शुक्रबार
