‘सृजनशील महिला उद्यमी मेला-२०७९’ सुरु, स्वदेशमा उत्पादित बस्तुको उपयोग गरौः मन्त्री रेग्मी
‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला-२०७९’ सूरु भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मेलाको उद्घाटन गरेकी छिन् ।
महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए ।
५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित बस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरुलाई आह्वान गरिन् । मेलाको अवलोकन गरेपछि उनले महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गरिन् ।
मन्त्री रेग्मीले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।
मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलाआदि प्रर्दशन गरिएको छ । ५ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राईजिङ नेपाल प्रालिले जनाएको छ ।
सम्बन्धित खबर
न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा
२७ मंसिर २०८२, शुक्रबार
खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा
२७ मंसिर २०८२, शुक्रबार
व्यवसायीको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता
२७ मंसिर २०८२, शुक्रबार
