१५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७


आगामी तीन महिनामा मुल्यवृद्धि हुने अपेक्षा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। सर्वेक्षणमा राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्। सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने


अब मर्जर तथा प्राप्तिका कारण लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने

मर्जर तथा प्राप्तिका कारण अब लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान व्यवस्था खारेज गरेको हो । आगामी दिनमा मर्जर तथा प्राप्तिका सम्बन्धमा कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन


कसिलो मौद्रिक नीति बनाउने राष्ट्र बैंकको तयारी, निजी क्षेत्रद्वारा लचक नीतिको अपेक्षा

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । विभिन्न सरकारी तथा निजी क्षेत्रका सङ्घ संस्थाको सुझाव लिएर अहिले मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले सकभर यसै महिनाको अन्तिममा नत्र साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी


बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने संकेत

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको सुझाव संकलनको क्रममा गभर्नर अधिकारीले उद्योगी ब्यवसायी तथा बैंकहरुलाई आगामी दिनमा आधार ब्याजदर अझै बढ्ने अवस्था रहेको बताउनुभयो । उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।


बैंकवित्तको निक्षेप ५० खर्ब पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार छ । यस्तै कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ बुधबार १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषणलाई आधार मान्ने हो भने डलरको भाउ अझै माथि जाने विश्वास गर्न सकिन्छ । छोटो समयमा तीव्ररूपमा डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्र एकदमै प्रभावित बनेको छ । एकातिर डलरको भाउ महँगिने र अर्कोतिर पेट्रोलियमको


बैंकहरु पुरानै समय अनुसार खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार पनि सेवा दिन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबार पनि सेवा दिने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसअघि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेसँगै राष्ट्र बैंकले पनि विदा दिन बैंकलाई निर्देशन दिएको थियो । तर,


उच्च पदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संशोधन गर्दै उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी


सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंकमार्फत हुनु आफैँमा उपलब्धी मुलुकः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताउनु भएको छ । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताउनुभयो । १/२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजीटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो