एभरेष्ट बैंकले ल्यायो द्वारा ‘एभरेष्ट उत्सव्मय अफर’

२८ भदौँ, काठमाडौं । एभरेष्ट बैंकले आउदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैकको यस अफर अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा”,


नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ?

२८ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया ९२५ लाख कित्ता० मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म


सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

२८ भदौँ, काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ। सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा जिरो इएमआई प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार सानिमा बैंकका


सेञ्चुरी बैंकको नयाँ बचत खाता, साढे ५ प्रतिशत ब्याजसहित निशुल्क इन्टरनेट बैंकिङ सुविधा

२७ भदौँ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को शुभारम्भ गरेको छ । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानिका साथसाथै


अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

२७ भदौँ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकलेअनलाइनमार्फत


सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने

२५ भदौँ, काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले ग्रोडेली सामान खरिदमा आकर्षक छुट पाउने भएका छन् । यसका लागि मोवाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । सिटिजन्स बैंक र ग्रोडेलीबीच मोबाइल बैकिङ प्रयोगकर्तालाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीको प्रवर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले


कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान

२५ भदौँ, काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ। बैंकले अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ।  


माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२५ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो । नेप्सेका अनुसार “८।५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।


प्राइम कमर्सियल बैंंकको ऋणपत्र सुचिकृत

२२ भदौँ, काठमाडौ । प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो । ८।७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७


साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

२२ भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवद्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्