भारतमा थपिए १५ हजार संक्रमित
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ४२ हजार ४४१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८२ हजार ५४८ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २३२ संक्रमितको मृत्यु भएको छ ।
विद्यालय पुनःनिर्माणका लागि अझै १ अर्ब ३३ करोड अपुग
काठमाडौं- विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रुपैयाँ रकम अपुग हुने भएको छ। गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज ब्रिफिङ गरेका छन्। मन्त्री पौडेललाई बुझाइएको विवरणअनुसार हालसम्म
चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म जरिवाना
चितवन – चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन
विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।यही अवधिमा
कोरोना बीमाको रकम भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं – विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्। मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्। यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका
डब्ल्युएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप
काठमाडौं- हालै सार्वजनिक एक रिपोर्टले संयुक्त राष्ट्रसंघ (युएन) सँग जोडिएका यौन दुव्र्यहारको पर्दाफास गरेको छ । एनअन्तर्गतको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन डब्ल्युएचद्वारा गठित अनुसन्धान आयोग इन्डिपेन्डेन्ट इन्भेष्टिगेसन कमिसनले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युएनको यौन दुव्र्यहारको पर्दाफास गरेको हो । अनुसन्धान आयोगको रिपोर्ट अनुसार डब्ल्युएचओका कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । कङ्गोमा
अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र
काठमाडौं- कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ । वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसा समेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन् । जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले
अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज
काठमाडौं- कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ । केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड र अन्य रोगको उपचार गर्न सक्ने गरी पूर्वाधार विकास गर्न स्वास्थय मन्त्रालयले छुट्याएको ६ अर्ब ८१ करोड ८५ लाख बजेटमध्ये ८५ लाख बजेटमध्ये ३ अर्ब १३
पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना, ५ जनाको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ६२२ नमुनाको परीक्षण गर्दा थप १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३
आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै
काठमाडौं- सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप