शिलान्यास गर्दा दमक भ्यु टावर, उद्घाटन गर्दा व्यापारिक कम्प्लेक्स

प्रधानमन्त्री केपी ओलीले आइतबार झापाको दमक नगरपालिका– ३ मा बनेको १८ तले भ्यु टावरको उद्घाटन गरेका छन् । निर्माण सम्पन्न हुँदासम्म सहरी विकास मन्त्रालयले दमक भ्यु टावरको नाममा बजेट विनियोजन गरेको थियो । तर, भ्यु टावरको आलोचना भएपछि भने उद्घाटनका क्रममा नाम फेरेर दमक व्यापारिक कम्प्लेक्स राखिएको छ । उद्घाटनका क्रममा ओलीले ‘भ्यु’ मात्र हेर्ने टावर भनेर आलोचना


व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त

व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त नै देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनाको अवधिमा १ अर्ब २८ करोड रुपैयाँ मात्र प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट २०८१ जेठ मसान्तसम्म व्यक्तिगत आवासीय क्षेत्रमा ३ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा साउन मसान्तमा आइपुग्दा ३ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ


नेटवर्थ ९० रुपैयाँभन्दा कमका आईपीओ तत्काल स्वीकृत नहुने, प्रक्रियामा रहेका नरोकिने

नेपाल धितोपत्र बोर्डले रोकिएर बसेको साधारण शेयर (आईपीओ) निष्कासन स्वीकृति प्रक्रिया तत्काल अघि बढाउने तर प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको हकमा तत्काल स्वीकृति नदिने संकेत गरेको छ । आइतवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै धितोपत्र बोर्डमा अध्यक्षको भूमिकामा रहेका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले अब आईपीओ स्वीकृतिका लागि आवेदन दिएका कम्पनीको


२० मिटर जग्गा हदबन्दीको मुद्दा थप पेचिलो बन्दै, सर्वोच्चको आदेशमा जनमत विभाजित

काठमाडौं उपत्यका भित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेश यतिबेला थप पेचिलो बन्दै गएको छ । तीब्र बहसको विषय बनेको यो विषयले सडकदेखि सदनसम्म तातेको छ । सर्वोच्चको आदेश कार्यान्वयन भए काठमाडौंका दुई लाख घडेरीहरु प्रभावित हुने र लाखौं


सहकारीकर्मीसँग कड्किए मन्त्री अधिकारी

अहिलेको सरकारलाई सबैभन्दा सताएको विषय हो, सहकारी । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएको भन्दै लामो समयसम्म प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्धसहित हुर्मत लियो । भलै संसदीय छानबिन समिति गठनपछि काँग्रेस सेलाएको छ । ठिक यता सहकारी शब्द सुन्दै आङ जिरिङ हुने गरेका मन्त्रीहरूमध्येकै एक भूमि, व्यवस्था, सहकारी तथा निवारण मन्त्री


विदेशी पुर्नबीमा कम्पनी र ब्रोकर नेपालमा व्यवसाय गर्न इच्छुक

नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न इच्छुक १९ विदेशी पुर्नबीमा कम्पनी र ब्रोकरलाई नेपाल बीमा प्राधिकरणले सुचीकृत गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि सुचीकृत गरिएको प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बताए । सुचीकृतमध्ये १० विदेशी पुर्नबीमा ब्रोकर छन् भने नौ विदेशी पुर्नबीमा कम्पनी छन् । सुचीकृत कम्पनीहरुले नेपाली बीमा कम्पनीसँग पुर्नबीमाको लागि


कोरोना बीमाको दाबी भुक्तानी विवाद सर्वोच्च अदालतमा

कोरोना महामारी (कोभिड–१९) बाट संक्रमित सर्वसाधारणले बीमाबापत पाउनुपर्ने करीब साढे ११ अर्ब रुपैयाँ भुक्तानी विवाद सर्वोच्च अदालतमा पुगेको छ । कोराना बीमा मापदण्ड–२०७७ अनुसार सरकारले आफ्नो दायित्व नबेहोरेको भन्दै निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले आइतवार सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट निवेदन दायर गरेको हो । संघका तर्फबाट महासचिव अशोककुमार खड्काले दायर रिट निवेदनमा


११ वाणिज्य बैंकको शेयर मूल्य ३०० रुपैयाँभन्दा कम, कुनको कति ?

गत असार १७ गतेदेखि २ हजार ३० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार २ हजार ८०५ विन्दु पार गरी २ हजार ७५५ दशमलव ६२ विन्दुमा बसेको अवस्था छ । यो बीचमा बजार करीब ३६ प्रतिशत वृद्धि भएको देखिन्छ । करीब ३ वर्ष घटेको बजारमा पछिल्लो एक महीनादेखि लगानीकर्ताको उत्साह बढेको छ । दैनिक हजारौंको संख्यामा


यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‍शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका


सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादर महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका छन्‌। कार्यालय समय शुरु हुनासाथ आइतबार गृह र सुरक्षा प्रशासनका अधिकारीहरूलाई आफ्नो कार्यकक्षमै बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा महरा लगायतमाथि कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएको हो। गत चैत १ गते विद्युती चुरोट (भेप) भित्र