छ महिनाको आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोडको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोडको निर्यात गरेको थियो । आयात धेरै बढेको हुँदा


विदेश बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा रोक

ब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ । पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी


५० प्रतिशत पुनर्कर्जा पर्यटनमा, जलविद्युतमा २४ प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत पुस महिनासम्मको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कुल स्वीकृत पुनर्कर्जाको ४९.८९ प्रतिशत प्रवाह भएको छ । राष्ट्र बैंकले गत पुससम्म कुल १ अर्ब ६ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ यस्तै, जलविद्युत्


सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण


खोप, सिरिन्जलगायत सामग्री उपलब्ध नहुँदा खोप अभियान प्रभावित

काठमाडौं । कोभिड संक्रमणदरले दिनप्रतिदिन रेकर्ड तोड्दै गएको छ । कोरोना भाइरस महामारी शुरू भएयता बुधवार मुलुकमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । यो संक्रमण दर ५२ दशमलव ६ प्रतिशत हो । कुल २३ हजार ४०९ ओटा नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका


प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाण्डाै – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा बीमा कार्यान्वयनमा आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय


अधिकांश क्रिप्टोकरेन्सीको मूल्य गिरावट

पछिल्लो २४ घण्टामा अधिकांश क्रिप्टोकरेन्सीमा गिरावट आएको छ । विक्वाइन, इथेरिम जस्ता प्रमुख क्रिप्टोकरन्सीहरूमा ठूलो गिरावट आएको छ । आज आइतबार बिटक्वाइन ०.२६ प्रतिशतले घटेर ५५.२८ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस अवधिमा यसको मूल्य १४ हजार ५८५ रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि ०.३३ प्रतिशतले घटेर २.६५ लाख रुपैयाँमा झरेको


सेयर धितोमा साना कर्जा बढे, ठूला घटे

नियामक निकाय राष्ट्र बैंकको हस्तक्षेपपछि एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा वितरण घटेको छ । गत भदौयता एक करोड रुपैयाँभन्दा धेरै रकमका कर्जा घटेका छन् भने त्योभन्दा थोरै रकमका कर्जा बढेका छन् । गत मंसिरमा एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कर्जा १३ प्रतिशत घटेको छ । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १०.६, २५


डलरको विनिमयदर फेरि बढ्न थाल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबारका लागि अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि हुन थालेको छ । आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुप्रयाँ ३५ रुपैयाँ र विक्रीदर ११८ रुपैउाँ ९५ रुपैयाँ रहेको छ । शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ रहेको थियो ।


ओमिक्रोनका कारण अर्थतन्त्र थप जोखिममा पर्नेसक्ने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई नयाँ भेरियन्टले जोखिममा पार्ने आकलन गरेको हो । ओमिक्रोनका कारण आर्थिक गतिविधिमा प्रभाव पर्ने, मूल्यवृद्धि हुने तथा अन्योल बढ्ने पनि अनुमान प्रतिवेदनमा गरिएको छ । सरकारले