
बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे
गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षसम्म आइपुग्दा पनि सहज हुन सकेको छैन । जसका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने स्थिति छैन् । यसरी बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितोमा राखेर ऋण लिनेको संख्या बढेको पाइएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि बीमालेख धितोमा राखेर ऋण लिने बढेका हुन्

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ मिति साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब ७

एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले १४.५० प्रतिशत बोनस शेयर र ०.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव बीमा

पाँच लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने
बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बीमा (सुरक्षण) हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनर्बहालीपछि ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गर्नुभएको छ । यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर

नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीलाई नियुक्त गरिएको छ। कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको ३४१औँ बैठकले रिक्त पदमा वरिष्ठ नायब सीईओ पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उहाँलाई बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को निर्देशन नं। २८ अनुसार नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव विनोद कुमार

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गाभिने सम्झौता
दुई जीवन बीमा कम्पनी रिलायन्स र सानिमा गाभिने भएका छन् । दुबै कम्पनीको संचालक समितिको बैठकले एकआपसमा गाभिन स्वीकृति दिएसँगै गाभिने सम्बन्धमा सम्झौता भएको छ । प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरे । दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ बराबर १

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद र सेवा सुविधा नघट्ने
बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । समितिले असार ६ गते जारी गरेको सर्कुरलमा थप व्यवस्था गरि यस्तो निर्देशन दिएको हो । सोमबार सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम

एकातिर फोर्स मर्जर अर्कोतिर लाइसेन्स बाँड्ने तयारीमा बीमा समिति
बीमा कम्पनीहरुको संख्या नियमन क्षमता भन्दा धेरै भएको भन्दै बीमा समितिले बाध्यकारी मर्जरको नीति अख्तियार गरेको छ । छोटो समयावधिभित्र झण्डै दोब्बर पूँजी वृद्धि गर्नुपर्दा लगानीकर्ताबाट पूँजी जुटाउन सकस हुने र दुई वा दुई भन्दा बढी बीमा कम्पनीहरु आपसमा गाभिएर नयाँ कम्पनी स्थापना हुँदा संख्या घट्ने समितिको अपेक्षा छ । तर समितिले एकातर्फ संख्या धेरै

सूर्य र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्जले सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का गरेको छ। यी दुई कम्पनीको एक आपसमा गाभिने भएपछि दुवैको सोमबारदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीबीच आइतबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गर्नुभएको छ