बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धक तोक्यो

३१ भदौँ, काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५०


शेयर बजार दैनिक ओरालो

काठमाडौँ – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) २.६५ प्रतिशतले ओरालो लाग्यो । बिहीबार २८८९.२१ विन्दूबाट सुरु भएको बजार ७६.६५ अंकले घटेर २८१२.३५ विन्दूमा रोकियो । दिनभर २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार शेयर किनबेच हुँदा ९ अर्बको ३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ ।


लिलामीमार्फत साढे तीन करोड कित्ता सेयर विक्री गर्दै एचआईडीसीएल

काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलाम बढाबढमार्फत साढे ३ करोड कित्ताभन्दा बढी सेयर बिक्री गर्ने भएको छ। कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाममार्फत बिक्री गर्न लागेको हो। कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९


मेगा बैंकको संस्थापक शेयर विक्रीमा

३० भदौँ, काठमाडौं । मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा निवेदन दिन आग्रह गरेको छ ।  


आजदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

२९ भदौँ, काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर


एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

२९ भदौँ, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत भएको छ । कम्पनीले १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सोमबार नेप्सेमा सुचिकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर


दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा खुम्चियो

काठमाडौं- यो साता लगातार दुई दिन बढेको सेयरबजार तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ। आइतबार ६१ अंक र सोमबार ०.२७ अंकले बढेको पुँजीबजार मापक परिसूचक नेप्से आज (मंगलबार) १८.५४ अंकले घटेको हो। यससँगै नेप्से २९२९.२९ विन्दुमा ओर्लिएको छ। आज कारोबार रकम पनि पाँच अर्बमा खुम्चिएको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल पाँच अर्ब


साहस उर्जाको आईपीओ असोज ६ देखि निष्कासन

काठमाडौं– साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।कम्पनीले १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता


नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २९ करोडको कारोबार

काठमाडौं- नेपालको पुँजीबजार आज झिनो अंकले बढेको छ। गत साता लगातार उच्च अंकले घटेको पुँजीबजार आइतबार उच्च अंकले सुधार भएको थियो। साताको दोस्रो दिन सोमबार (आज) पनि बजार सकारात्मक बनेको हो। सोमबार पुँजीबजार मापक परिसूचक नेप्से ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा कायम भएको छ। आज कारोबार रकम भने घटेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ।


प्रि-ओपनिङमा १५.३९ अंकले बढ्यो नेप्से

काठमाडौं – सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक १५.३९ अंकले बढेको छ । प्रि-ओपनिङ कारोबारमा ५४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । प्रि-ओपनिङको कारोबारमा न्याग्दी ग्रुप पावर, आइएमई जनरल इन्स्योरेन्स,