आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
२३ माघ, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड हुने गरे पनि कोरोना संक्रमणका कारण जमघट निषेध
रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कम्पनीका डीसीईओ निराजन कँडेल नियुक्त भएका छन् । सीईओ प्रविणरमण पराजूलीले राजीनामा दिएसँगै उनलाई कामु सीईओ नियुक्त गरिएको हो । पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते पूरा भएको हो । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई नियुक्त गरेको जनाएको छ उनीसँग आर्थिक क्षेत्रमा काम गरेको
महालक्ष्मी बैंकद्धारा निःशुल्क स्वास्थ्य परीक्षण
महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । “सबल बंैंक, सफल सहकार्य” को नारा लिएर वैकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जनाएको छ । महेन्द्रनगरकोे महाकाली जनज्योती आधारभुत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क
एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला
अब गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालका वाणिज्य बैंकहरूमा विदेशी मुद्रामै बचत खाता खोल्न पाउने भएका छन् । साथै, एनआरएनद्वारा प्रवद्र्धित कम्पनीले पनि यहाँको बैंकमा यस्तो खाता खोल्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले गत हप्ता चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै
राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को नीति ल्याएको
कहिले कार्यान्वयन हुन्छ बढ्दै गइरहेको प्राणघातक वायु प्रदूषण रोकथामका कार्ययोजना ?
केही दिनदेखि हावाको गति कमजोर बनेपछि काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । यसले गर्दा आकाश धुम्मिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थेग्रिएर बसेको बताए । केही दिनदेखि हावाको गति कमजोर बनेपछि धुम्मिएको काठमाडौंको आकाश । ‘यो हट्न कि पश्चिमी वायुको
छैटौं पटक पनि सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक
आर्थिक वर्ष २०७६र७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा
चैत्रभित्र सम्म सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र मातहतका सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१०
प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
काठमाडौं- प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय
रातमा सुत्नु अघि बेसार- दूध किन पिउने ? यसो भन्छ नयाँ अनुसन्धानले
आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । ‘करक्यूमिन एन्टिअक्सिडेन्ट’को गुण पनि व्यापक हुन्छ । एन्टिअक्सिडेन्टले मानव शरिरमा हुने कुनै पनि हानीलाई रोक्न सहयोग गर्छ ।यसकारण वेसार-दूधको सेवन मानव शरिरका लागि निकै गुणकारी मानिन्छ