उद्योग परिसंघमा विदेशीलगानी सहजीकरण समिति गठन
काठमाडौँ – नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो । समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि
काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना ( साउन)मा नेपालबाट हुने निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएको हो। विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा चालु आवको
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ
नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारी पत्रमा हस्ताक्षर
१३ भदौ, काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख
नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता
१्३ भदौ, काठमाडौं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा
भदौ २० गतेबाट लाइसेन्सको परिक्षा सञ्चालन हुने
१३ भदौ, काठमाडौं । यातायात व्यवस्था कार्यालयले बागमती प्रदेशअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन हुने भएको छ ।कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट रोकिएको लाइसेन्सको परिक्षा शुरु गर्ने भएको हो । आइतबार सूचना प्रकाशित गर्दै कार्यालयले गत वैशाख १५ गतेदेखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा यही भदौ २० गते आइतबारदेखि सञ्चालन
जाजरकोटका स्थानीय तहको बेरुजु साढे २७ करोड
जाजरकोट– जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार रुपैयाँ देखिएको छ। महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो। छेडागाडले रु एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा रु आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु
गतसाता करिब ३ प्रतिशत ओर्लियो सेयर बजार
काठमाडौं– गतसाता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको थियो। अघिल्लो साता ३१८०.७८ विन्दुमा बन्द भएको नेप्सेको गतसाताको तनि कारोबारमा २.७३ प्रतिशतले घटेर ३०९४.०५ विन्दुमा बन्द भएको थियो। गत साताको ट्रेन्डअनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३००० विन्दुमा टेवा पाउने देखिन्छ। गत साता नेप्से परिसूचकसँगै भोल्युम पनि
सुनको भाउ स्थिर, चाँदीको बढ्यो
काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। चाँदीको भाउ भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। चाँदीको भाउन भने आज प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ। चाँदी आज प्रतितोला एक हजार २१०