नेप्से आइतबार उकालो, बीमा समूहमा अझै दबाब
५ असोज, काठमाडौं ।गत बिहीबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि ओरालो लागेको सेयर बजार आइतबार केही सम्हालिएको छ। सुरुवाती कारोबारको पहिलो घण्टामै नेप्से परिसूचक २२ अंकले उकालो लागेको छ। सो अवधिसम्म ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। १५३ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर छ।

सेयर बजारमा फेरि दोस्रो नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि रोकियो
काठमाडौं, ३ असोज — बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर बजार फेरि दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ। बजार खुलेको दोस्रो मिनेटमै नेप्से सूचक १०७.०४ अंक (४%) ले घट्दा पहिलो सर्किट लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार फेरि केही मिनेटभित्रै १३३.६३ अंक (५%) ले घट्दा दोस्रो सर्किट

“अर्थमन्त्रीमा रामेश्वर खनालको नियुक्तिपछि पुँजी बजार उत्साहित”
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वअर्थसचिव तथा अर्थविज्ञ रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेसँगै पुँजी बजार उत्साहपूर्ण बनेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपश्चात् बनेको अन्तरिम सरकारमा आर्थिक नीति तय गर्ने जिम्मेवारी खनालको हातमा पुगेपछि लगानीकर्तामा उच्च आशा देखिएको छ। खनाललाई मुलुकको अर्थतन्त्रको गहिरो ज्ञान भएको र पुँजी बजारका नीतिगत पक्षमा सशक्त

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन खुला
काठमाडौं, भदौ ३०, २०८२ – सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। कम्पनीले रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयरमार्फत कुल रु. ११ करोड ९० लाख ६४ हजार बराबरको पुँजी संकलन गर्न लागेको हो। यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी भए पनि

सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएपछि ११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा
नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि बोर्डले कारबाही गरेको हो । ब्रोकर लगायतका कम्पनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धमा गरेका कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतीत भएको १५ दिनभित्र दिनुपर्छ । तर, ११ ब्रोकर कम्पनीले समयमा त्यस्तो प्रतिवेदन नदिएपछि कारबाही गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । पहिलो चरणमा उनीहरूलाई लिखित

नेप्सेमा निरन्तर सुधार
नयाँ वर्ष २०८२ लागेपछिका कारोबारमा नेप्सेमा लगातार सुधार आएको छ । अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार २७ अंकले बढेको बजार बुधबार ७ अंकले माथि चढेको छ । दुई कारोबारमा दिनमा नेप्से सूचक ३४ अंकले उकालो लागेको हो । बुधबार नेप्से परिसूचक ७.०१ अंक

पियोर इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
पियोर इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन हो । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएको हो । यस निष्काशनमा न्यूनतम् १० कित्ता

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । उनलाई आगामी ३ वर्षका लागि नेप्सेको सीईओ नियुक्त गरेको हो । सरकारले विवादका बीच नेप्सेको सिईओमा सानिमा रिलायन्स लाइफका भुपु डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापाका