मञ्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकैसाथ ४ नयाँ शाखा

२७ भाद्र २०७८, आईतवार १२:५४

२७ भदौँ, काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कारोबार सुरु गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा र विरगञ्जमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *