Banking Khabar
बीमा

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ प्रतियोगि सहित निर्णायकहरु दुर्घटना बीमा गर्ने

January 12, 2021
सेयर:

सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, निर्णायकहरु एवं निर्देशकको १ बर्ष को दुर्घटना बिमा प्रदान गर्ने भएको छ ।

सो सम्बन्धि सम्झौतापत्रमा सिद्र्धाथ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीर कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुुन ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री बरिष्ठ गायक राम कृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट आठ मा प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।

उत्कृष्ट आठ जनालाई जनही रु १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बिमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।