सेन्ट्रल फाइनान्सले पायो भुक्तानी सेवा प्रदायकको अनुमति

२९ भदौँ, काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले पनि भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । फाइनान्सलाई नेपाल राष्ट्र बैंकले फाइनान्सलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति प्रदान गरेको हो ।
अब यो सँगै फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ । ग्राहकहरूले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाईल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछन्।