बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

३० भाद्र २०७८, बुधबार १५:१२

३० भदौँ, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

फाइनान्सको आज सम्पन्न सभाले आर्थिक वर्ष २०७६/७७को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

उक्त सभाबाट फाइनान्सको संस्थापक शेयरधनीतर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनीतर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।

कम्पनीको चुक्ता पूँजी रु.८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *