सूर्या लाइफ इन्स्योरेन्सका अभिकर्तालाई ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम’
सूर्या लाइफइन्स्योरेन्सले लुम्बिनी प्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रदेश प्रमुख,किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साट्नुभएको थियो ।
सूर्या लाइफको “मेरो पहिलो पोलिसी”अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गर्नुभयो । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणा मुलक सन्देश तथा उपलब्धि मुलक प्रशिक्षण दिनुभयो । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने भन्नुभयो ।
अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उहाँहरुमार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताउनुभयो । समयको सहि सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराउनु भयो । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।