विदेशी मुद्रा सञ्चिति १८ खर्बमाथि
चालू आर्थिक वर्षको पुस मसान्तमा देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति १८ खर्ब रुपैयाँ नाघेको छ । विप्रेषण तथा भ्रमण आयमा वृद्धि भए पनि आयात घटेपछि विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य सुधार देखिएको हो । banner ads विदेशी मुद्राको सञ्चिति न्यून बिन्दुमा झरेपछि सरकारले २०७९ वैशाखमा १० किसिमका बिलासी वस्तुको आयातमै प्रतिबन्ध लगाएको थियो । नेपाल राष्ट्र
मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एशियाकै सर्वाधिक धनी
अदानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै सर्वाधिक धनी बनेका छन् । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्स (बीबीआई)ले आज सार्वजनिक गरेको सूचीमा यस्तो देखाएको हो । विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा भने अडानी शीर्ष १२ मा उक्लिएका छन् । उक्त सूचीमा अम्बानी १३ औं स्थानमा छन् । उक्त सूचीमा
अमेरीकी स्टक एक्सचेन्ज नास्डाकमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समिर मास्केले स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्स अमेरिकाको यूएस स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । यसका लागि फ्युजमेसिन्स र नास्डाकमा सूचीकृत कम्पनी सीएसएलएम एक्विजिसन कोर्पबीच हालै मर्जर सम्झौता भएको छ । यो सम्झौता कम्पनीको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको मास्केले बताएका छन् । यसबाट कम्पनीले
एनसेलको शेयर खरिदविक्री तत्काल रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको विवादास्पद शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधवार बसेको समिति बैठकले अहिले चलिरहेको एनसेलको शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत समितिमा डाकेर छलफल गर्ने समितिको तयारी छ । ‘एनसेललगायत भ्रष्टाचार र अनियमितताका
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो
नेपाल र बंगलादेशबीच ऊर्जा बैठक आजदेखि, वर्षा अगावै बंगलादेशमा विद्युत बेच्ने तयारी
नेपाल–बंगलादेश ऊर्जा बैठक सोमवारदेखि हुँदै छ । बंगलादेशमा हुने बैठकमा विद्युत् व्यापारका लागि आवश्यक वातावरण कसरी तयार गर्ने भन्नेमा छलफल हुने बताइएको छ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले गर्दै छन् । बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जासचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् । बैठकको पहिलो दिन संयुक्त कार्यसमूहको बैठक बस्ने बताइएको छ
साउदीमा रहेको नेपाली दूतावासले पनि दिन थाल्यो पुनः श्रम स्वीकृति, घरेलु श्रमिकले पनि लिन सक्ने
साउदीमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ । दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि श्रम स्वीकृति नवीकरण दूतावासबाटै
आईएमएफ र आईएफसीसँग अर्थमन्त्रीको छलफल
अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् ।
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै