आप्रवासीका अभिभावकलाई यात्रा अनुमति दिँदै अष्ट्रेलिया
काठमाडौं– अष्ट्रेलिया सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका अभिभावकका लागि यात्रा आवेदन खुला गरेको छ।कोभिड–१९ का कारण विदेशमा छुटेका आप्रवासीहरुका अभिभावकलाई आवत जावत गर्नका लागि यस्तो व्यवस्था गरिएको हो। सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका आमाबाबुलाई ‘निकट परिवार’को परिभाषामा समावेश गरिने जनाएको गृह मन्त्रालयले शुक्रबार यात्रा छूट सूचना
भारतमा निरन्तर बढ्दै पेट्रोलियम पदार्थको भाउ
काठमाडौं– भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार पनि बढेको छ। भारतमा पेट्रोलयम पदार्थको मूल्य लगातार चौथो दिन पनि बढेको हो। शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाइमा पुएको छ। नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः १०७ रुपया २४ पैसा र ९५ रुपैया ९७ पैसा पुगेको छ। मुम्बईमा भने यो दर
टर्कीबाट अमेरिकासहित १० देशका राजदूत देश निकाला
काठमाडौं – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् । यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको
अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ
काठमाडौँ – कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् । ओटोनियल भनिने ५० वर्षीय डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर
अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्यो, एक जनाको मृत्यु, सात घाइते
जर्जिया – अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ
एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो । उहाँले एमसीसीले नेपालको कानुन
मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन
सिड्नी- अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो । महामारी फैलिएपछि मेलवर्न बिश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर बनेको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका
नोभेम्बर ८ देखि ३३ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउँदै अमेरिका
काठमाडौं– अमेरिकाले नोभेम्बर ८ देखि कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने भएको छ। ह्वाइट हाउसले घोषणा गरेको पछिल्लो नियमअनुसार यात्रा गर्नुभन्दा अगाडि ७२ घण्टाभित्र कोरोना भाइरसको परीक्षण गरेर नेगेटिभ नतिजा आएको प्रमाण देखाउने यात्रीलाई पनि प्रवेशको अनुमति दिइनेछ। नयाँ नियम २६ यूरोपेली देशका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई
काठमाडौं- अमेरिकामा रहेर प्राकृतिक प्रयोग वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि’ प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धानवापत पुरस्कार जितेका छन्।
सवा चार खर्ब बेरुजु फर्स्यौटमा मन्त्रालयहरूको उदासीनत
काठमाडौं- सरकारी निकायले बेरुजु फर्स्यौटमा उदासीनता देखाएका छन् । महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फर्स्यौटको कार्ययोजना बनाउन र त्यसको कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका निकायले उदासीनता देखाएका हुन् । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले कार्यालयले अद्यावधिक बेरुजु चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको औंल्याएको छ । अर्थात्, यति ठूलो रकमको कारोबार रीत नपुर्याई, अनियमित वा बेमनासिव तरिकाले गरिएको