नबढाउने भए बेकहरुले माघमा निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंकहरुले माघमा पनि पुसकै ब्याजदरलाई लागू गर्नेगरी सूचना प्रकाशन गर्ने तयारी गरेका हुन्। यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले औपचारिक निर्णय नै गरेको बताइएको छ। यद्यपी यसकाे सार्वजनिक भने गरिएकाे छैन।


अर्थले रोकिदियो १ लाख जनाको कोरोना बिमा भुक्तानी

काठमाडौँ — सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले लामो समयदेखि रोकिदिँदा १ लाखभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाउन सकेका छैनन् । बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम नदिँदा करिब एक वर्षदेखि दाबी भुक्तानी रोकिएको हो । अर्थ मन्त्रालयले ‘बेमौसमी वर्षाले धानबालीमा क्षति पर्‍याएपछि किसानलाई राहत दिनुपर्ने, मल खरिदका लागि अतिरिक्त बजेट चाहिने’ लगायत कारण देखाई स्रोत नभएको भन्दै बिमाको


प्राधिकरणको कम्पनीलाई विद्युत् व्यापार गर्न अनुमति, निजीलाई पनि दिने तयारी

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई विद्युत् व्यापार गर्न अनुमति दिएको छ । हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको नेपाल पावर ट्रेड कम्पनीलाई यस्तो स्वीकृति दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रवार पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् । साथै, निजीक्षेत्रका विद्युत् व्यापार कम्पनीलाई पनि स्वीकृति दिने तयारी रहेको उनको भनाइ छ


बैंकिङ प्रणालीमा एकैदिन थपियो १४ अर्ब रुपैयाँ निक्षेप

बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो। यस्तै


मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो

मुगुमा हिजोआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् । हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको बोट


तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो


मार्गदर्शन बनाएर चालु पुँजी कर्जा व्यवस्थित गरिँदै

राष्ट्र बैंकले वार्षिक कारोबारको अधिकतम २० प्रतिशतसम्म मात्र चालु पुँजी कर्जा लिन सकिने व्यवस्था गर्न लागेको छ । चालु पुँजी कर्जालाई थप पारदर्शी तथा प्रभावकारी बनाउन राष्ट्र बैंकले तयार पारेको ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’ को मस्यौदामा यस्तो व्यवस्था छ । मस्यौदा जस्ताको त्यस्तै लागू भए बैंक तथा वित्तीय संस्थाले ग्राहकको वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशत हुन


घरजग्गा कारोबारमा देखिएन तरलता अभावको असर !

चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव चुलिन थालेको छ । अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले सापटी लिएर चलाउन थालेका छन् । बैंकहरुमा तरलता अभाव भइरहँदा सबैभन्दा बढी कर्जा प्रवाह हुने क्षेत्र घरजग्गा कारोबारमा भने कुनै असर देखिएको छैन् । भूमि, व्यवस्थापन तथा अभिलेख


बैंकदेखि सहकारीसम्म रकम अभाव

चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता(लगानीयोग्य रकम) अभाव झन् चुलिन थालेको छ । तरलता अभावका कारण यसको असर बैंकदेखि सहकारीसम्म पुगेको हो। थप तरलता अभाव चुलिँदै जाँदा कर्जा प्रवाहमा समस्या हुन थालेको छ । बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो ९१ प्रतिशत पुगिसकेको राष्ट्र बैंकले


नाडा अध्यक्षमा ध्रुव थापा विजयी

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् ।थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको अध्यक्ष बनेका हुन । अन्तिम मतगणनाअनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत