बैंकहरुले भदौ १५ गतेसम्मको लाभांस दिन पाउने
७ असोज, काठमाडौं । बैंकहरुले भदौ १५ गतेसम्मको चालु आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गर्न पाउने भएका छन् । इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांस स्वीकृत गर्ने सम्ब्नधी कार्यविधि २०७७ को पहिलो संशोधनमा उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार विध्यमान नेपाल
संसद्को दुवै सदनबाट विनियोजन विधेयक पारित, बजेट होलिडे अन्त्य हुँदै
काठमाडौं- बजेटको विनियोजन विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट यसअघि पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको हो। सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) गत सोमबार प्रतिनिधि सभाबाट पारित भएको थियो। पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले पेस गरेको प्रतिस्थापन विधेयकअन्तर्गतको विनियोजन विधेयक पारित नहुँदा
बैतडीमा एक व्यापारी मृत फेला
बैतडी- बैतडीमा एक व्यापारी मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाैंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। महरा आफ्नै पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ
प्राधिकरणले फेरि भन्यो,‘सम्झौता नविकरण नभएका तार-उपकरण हटाउनू’
काठमाडौँ-नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ । प्राधिकरणले बिहीबार तेस्रोपटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन ताकेता गरेको हो । साथै इन्टरनेट, केबल टिभी र टेलिफोन सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गरी बक्यौता भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार?
काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा नेपाली बजारमा अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थियो। मंगलबार छापावाला
कर नबुझाउनेको कार्यस्थलमा महानगरले सुरु गर्यो माइकिङ
काठमाडौं– काठमाडौं महानगरपालिकाको राजस्व विभागले घरजग्गा र सम्पत्ति कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आज (बुधबार) देखि माइकिङ सुरु गर्ने भएको छ। महानगरले गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो। सो अवधिमा समेत सम्पर्कमा नआएका करदाताको कार्यस्थलमै माइकिङ गर्न सुरु गरिएको महानगरले जनाएको छ। माइकिङ गर्दा पनि तोकिएको
बजेट खर्चको मोडालिटी बदल्दै सरकार
काठमाडौं- खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप अख्तियारी दिनेसम्मको तयारी थालेको हो
कुन बैंकले कति बढाए व्यवसाय भदौ महिनामा ?
५ असोज, काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी भदौ महिनामा बढी गरेका छन्। भदौमा बैंकहरुले निक्षेप संकलन ४८ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी १०८ अर्ब रुपैयाँले बढाएका छन्। वाणिज्य बैंकहरुमध्ये भदौ महिनामा नेपाल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १२ अर्ब ५६ करोड रुपैयाँले बढेको छ भने एनआइसि एशिया बैंकको पनि १२