प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाइरहेकाे छु : मन्त्री शर्मा

अर्थ मन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताउनुभएकाे छ । आज मङ्गलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको


इन्टरनेट शुल्क र पोलको भाडादर बढाउने निर्णय फिर्ता लिन क्यान महासंघको माग (विज्ञप्तिसहित)

काठमाडौं- इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेटको शुल्क बढाउने प्रयास भइरहेकोप्रति क्यान महासंघले आपत्ति जनाएको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। ‘विगत केही दिनदेखि सरकारी निकाय नेपाल विद्युत् प्राधिकरणको गतिविधिका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भइरहेको इन्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ। इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरहरुलाई


नेपाल ल्यूव आयलको १० प्रतिशत बोनस शेयर सूचीकृत

४ असोज, काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २९ हजार १०७ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।


तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

४ असोज, काठमाडौं ।  तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल


मुक्तिनाथ क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, १८ %लाभांश पारित

४ असोज, काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेकोअध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्धक,


प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

४ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित सेवा बारे सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्। कम्पनीका


आजदेखि नयाँ नोट साट्न पाइने

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज ९असोज ४ गते, (सोमबार) बाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका


सङ्कटमा इँटा व्यवसायी : जग्गा बेचेर ऋण तिर्न थाले

चितवन – मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार-पाँच


जीडीपीभन्दा ठूलो वित्तीय स्रोत : सीमित व्यक्ति मात्र लाभान्वित

काठमाडौं – नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्या भन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्म क, ख र ग वर्गका बैंकहरूमा निक्षेप खाताको संख्या ३ करोड ७७ लाख ७० हजार ९८५ पुगेको छ । तर, कर्जा खाताको संख्या


चाडपर्व नजिकिएसगैँ सहुलियत पसलमा आकर्षण बढ्दो, विशेष छुटले लोभिए उपभोक्ता

३ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिन्दु धर्मावलम्बीहरुको महान् चाड दसैँतिहारको उपलक्ष्यमा देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ। व्यापार कम्पनीद्वारा सञ्चालित रामशाहपथमा रहेको खाद्यान्न बिक्री कक्ष नं ३ मा पुग्दा उपभोक्ताको बाक्लै भिड थियो। दसैँका लागि उपभोक्ताहरु धमाधम खाद्यवस्तु खरिद गरिरहेका थिए। पसलमा उपभोक्तालाई चामल, दाल, चिउरा, तेल,