सरकारले सवारी लाइसेन्सको परीक्षा खुलाउने, ६ लाख आवेदक
११ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको लिखित परीक्षा र ट्रायल परीक्षा सञ्चालनका लागि सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो । मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा
फुयालले पाए नेप्सेको निमित्त सीईओको जिम्मेवारी
११ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएको छ । सर्वोत्तम सिमेण्टको शेयर खरिद प्रकरणको अनुसन्धान प्रकृयामा सहयोग पु¥याउन भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भदौ ८ गते राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्तको जिम्मेवारी दिईएको हो । नेप्सेको सञ्चालक समितिको
पञ्चकन्या माई हाइड्रोपावरले गर्यो वित्तीय विवरण सार्वजनिक, कति कमायो त खुद नाफा ?
११ भदौ, काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ लाख ३१ हजार ६ सय ३४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४ करोड ३ लाख
एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धनबिच सम्झौता
११ भदौ, काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्नको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा कार्य गर्दै आईरहेको छ । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक
एभरेष्ट बैंकको १०५ औं शाखा बुढानिलकण्ठमा
११ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य
हिमालयन बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
११ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो। उक्त अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मतसम्भार गरी उचित सेवा प्रदान गर्न छ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ। अस्पतालमा रहेका जीर्ण
नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता
११ भदौ, काठमाडौँ । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता भएको छ । हायर पर्चेज कर्जामा सहकार्य गर्ने बिषयमा उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा.लीका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन । बैंकले ८८ शाखा, १९
नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ
११ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने अर्याललाई सर्वसम्मत रुपमा भदौ १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका
नेपाल उद्योग वाणिज्य महासंघद्वारा लगानीकर्ता कार्यक्रमको आवेदन खुला
११ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः खुला गरेको छ। कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो। ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो।