नेपालमा फोरजी प्रयोगकर्ता करिब एक करोड, सबैभन्दा धेरै एनसेलका
काठमाडौं– नेपालमा फोरजी सेवा सुरु भएको पाँच वर्षको अवधिमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा फोरजी चलाउनेको संख्या ९९ लाख ५४ हजार नाघेको छ। नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले फोरजी सेवा उपलब्ध गराइरहेका छन्। प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन्। एनसेलको फोरजी प्रयोगकर्ता ५०
रियलमी टेकलाइफ इकोसिस्टम डिजोको पहिलो ब्रान्ड अब नेपालमा
काठमाडौं– डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ। ‘डी–जो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु रहेको कम्पनीले जनाएको छ। कम्पनीले डिजो ब्रान्ड फिचर फोनको
उत्तर कोरियाद्वारा १५ सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण
काठमाडौं- उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ। जापानको अधिकांश क्षेत्रमा मार हान्न सक्ने क्रुज मिसाइल परीक्षण गरिएको जनाइएको छ। यसै हप्ता परीक्षण गरिएको मिसाइलले १ हजार ५ सय किलोमिटर टाढासम्मको यात्रा गर्ने केसीएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ। उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई निकै महत्व भएका रणनीतिक हतियार को रुपमा व्याख्या गरेको छ।
सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने अध्ययनकर्ताको दाबी
काठमाडौं – लामो समयदेखि अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् । यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ, जसले कतिपय महादीपमा महिनौंसम्म इन्टरनेट बन्द हुनसक्ने बताएको छ । सय वर्षमा एकपटक आउने यस्ताे सौर्य आँधीले महिनौंसम्म इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने निष्कर्ष साे अध्ययनले निकालेको
अब नेपाली बजारमा सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’
सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक भएको छ। आइतबार आयोजना भएको कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ प्रस्तुत गरेको हो। काठमार्डौँ – स्टाइलिस डिजाइन भएको ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’मा दुईवटा स्क्रिन छ, मेन स्क्रिन र कबर स्क्रिन। मेन स्क्रिनमा ६.७ इन्चको डाइनामिक एमोलेड इन्फिनिटी फ्लेक्स डिस्प्ले छ। कबर स्क्रिनमा
सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने
एजेन्सी – एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ। एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ। योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला थियो, तर हालै सार्वनजिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्। विश्वव्यापी
अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल
काठमाडौं- सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन् । सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन । बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ । यहाँसम्म कि
टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना
काठमाडौं- अहिले विश्व कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आतंकमा छ । नेपालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिङ्गो देश लकडाउन गरेको छ । यस्तो अवस्थामा आफन्तको हालखबर बुझ्न मोवाइलमा पर्याप्त व्यालेन्स हुन जरुरी हुन्छ । तर, लकडाउनका कारण घर अरु बेला जस्तै जतिखेर पायो त्यहिखेर बाहिर निस्केर रिचार्ज किन्न समस्या हुन्छ । यहि अप्ठ्यारो अवस्थालाई
हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै
सिमकोट– हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ। लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन्। लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। गाडीको सुविधा नभएको र मानिसले बोक्न
नेपाल–श्रीलंकाबीच मंगलबारदेखि सिधा उडान शुरु
काठमाडौं – आउँदो मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने,