डुकुछापमा डिशहोमको नयाँ सेटलाइट टेलपोर्ट स्थापना
काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले ललितपुरको डुकुछापमा सेटलाइट टेलपोर्टको स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो । अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो ।
माघ १८ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष मेला क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ २३ गतेसम्म हुनेगरी मेलाको तयारी अगाडि बढाइएको छ । यो क्यान इन्फोटेकको २७ औं संस्करण हो । गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म मेला हुनेगरी तयारी गरिएकोमा कोभिड–१९ को दोस्रो लहर फैलिएपछि मेला स्थगित
नाडा अटोशो अब फेरी दशैमा सर्र्यो
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको हो । अहिले बजारमा तरलताको अभाव, शोमा सहभागीहरुको कम र शोको लागि गर्ने खर्च नै नउठ्ने देखेपछि नाडा अटो शोलाई सार्नु परेको नाडा
कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध
कामना सेवा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ। यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज हस्ताक्षर भएको हो। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो। ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल
एकमहिनामा डिजिटल कारोबार कतिले बढ्यो ?
पछिल्लो समय डिजिटल कारोबारमा उल्लेखनिय बृद्धि भएको छ । राष्ट्र बैंकले सार्बजनिक गरेको असोज महिनाको आर्थिक रिपोर्ट अनुसार आइपीएसबाट हुने कारोबार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो डिजिटल माध्यमको सबैभन्दा ठुलो कारोबार हो । त्यसैगरी मोवाइल बैंकिङ कारोबार दोस्रोमा छ । मोबाइल बैंकिङबाट हुने कारोबार ८७
डाेटीमा छ दिनदेखि बन्द फोन र विद्युत् सेवा सञ्चालनमा
डाेटी – लगातारकाे वर्षापछि आएकाे बाढी–पहिराेका कारण विगत पाँच/छ दिनदेखि बन्द भएको डाेटीकाे विद्युत् तथा सञ्चार सेवा सञ्चालनमा आएकाे छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३/११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण बन्द बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालनमा आएसँगै अहिले फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको
कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो
काठमाडौं- ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ। नयाँ भूमिकाअन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा इन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिभिटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्रोटोकलको प्रवर्द्धनका लागि अग्रणि भूमिका निभाउने जानकारी दिइएको छ। ‘सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो।
नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो
काठमाडौँ – नेपालमा नयाँ आइफोन–१३ का मोडलहरुको प्रि–बुकिङ खुलेको छ। यही अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु भएको एप्पलको नेपालका लागि आधिकारिक वितरक इभोलुसन ट्रेडिङले बताएको छ। ट्रेडिङका अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरु भित्रिएका छन्। जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी,
सार्वजनिक हुदैँ सामसङ ग्यालेक्सी एस–२१ एफइ
काठमाडौँ – केही समययता सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–२१ एफइ’को चर्चा बढिरहेको छ। गत वर्ष सार्वजनिक भएको ‘ग्यालेक्सी एस–२० एफइ’को सफलतापछि कम्पनीले सो नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ। अब भने उपभोक्ताहरु यही फोनको प्रतिक्षामा छन्। ग्याजेट ३६०का अनुसार नयाँ ‘ग्यालेक्सी एस–२१ एफइ’ अर्को वर्ष सार्वजनिक हुनेछ। पहिले यो स्मार्टफोन यही अक्टोबर महिनामा बजारमा आउने
ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा, मूल्य कति?
सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए। यो फोन ७.४ एम एमको पातलो डिजाइनमा प्रस्तुत गरिएको छ। यस फोनमा स्न्याप्ड्रयागन ७७८जी प्रोसेसरको साथ ६एनएम चिपसेट रहेको छ। जसमा सुपर एमोलेड/१२०एचजेट डिस्प्ले छ। यसमा प्रयोग