सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवालाई आर्थिक सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र ‘एनआरडीएससी’ द्वारा ज्येष्ठ नागरिक दिवा सेवा ब्रह्मज्ञानी विश्रामालय र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग गेरेको छ । कम्पनीले विराटनगर महानगरपालिकास्थित ब्रह्मज्ञानी विश्रामालयलाई एक लाख रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । यस एनआरडीएससी संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा


लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्तापूँजी ४ अर्ब १८ करोड पुग्यो

साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज अर्थात् चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् । दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको


धमाधाम मर्जरमा बीमा कम्पनी

पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । हालै मर्जर प्रक्रिया स्वीकृत गर्न आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २२ गते विशेष साधारणसभा डाकेका हुन् । आइएमई जनरलको सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेट र प्रुडेन्सियलको बाराको


आइजीआई प्रुडेन्सियल’ बन्यो देशकै ठूलो निर्जीवन बीमा कम्पनी

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालज्यू तथा अतिथिको रुपमा


बीमाको लोभमा चालकले नै लगाए गाडीमा आगो

काठमाडौं । बर्दियाका चालक रामु चौधरीले बीमा दावी गर्ने मनासयले आफै गाडीमा आगो लगाएका छन् । गाडी मर्मत गर्न बढी रकम लाग्ने भएपछि निज चालकले आफ्नो फोर्स गाडीमा आगो लगाएका पुष्टि भएको छ । फागुन १ गते बिहान करिब २ बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल


नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज, १५.७८ प्रतिशत लाभांश पारित हुने

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँतीसौँ वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभाबाट कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद


नेशनल लाईफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवद्र्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । कम्पनीका अभिकर्ताहरु र स्थानीय


आज मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी

कोरोना बीमाको दाबी भुक्तानी आज मंगलबारदेखि हुने भएको छ । कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ मंगलबारदेखि भुक्तानी हुने भएको हो । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले


कोरोना बीमाको भुक्तानी आवेदन मितिका आधारमा

बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो । ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका


कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी आएको छ,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने। गत साता बसेको मन्त्रिपरिषदले एक अर्ब रूपैयाँ