जीवन बीमा कम्पनीको कुल बीमा शुल्क ९२ अर्बमाथि (कुनको कति ?)

चालु आवको आठ महिनामा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत बढी हो । गत आवको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । १९ वटा जीवन


प्रविधिमैत्री बन्दै स्वास्थ्य बीमा बोर्ड

स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो । सरकारको प्राथमिकता पाएको यो कार्यक्रमले पाँचौं वर्ष पुरा गरेको अवसरमा ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ उक्त सेवाको शुभारम्भ गर्न लागेको हो ।


सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबैबिमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्नेछन् । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल


प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ४ जना चयन

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मीलाई चयन गरेको छ । चौथो वार्षिक साधारण सभाले समूह“क” संस्थापक समूहका शेयरधनीकातर्फबाट सञ्चालक डा. बिमला दाहाल


कोरोना बिमाको दाबी भुक्तानीमा आलटाल

कोरोना महामारीका बखत सरकारले कोरोना बिमाको राम्रो योजना ल्यायो । उक्त योजनाबाट धेरै नागरिक लाभान्वित पनि भए । तर, कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले एकपछि अर्को बहाना गर्दै जाँदा नागरिकमा सरकारप्रति अविश्वास चुलिँदो छ । सहजीकरण गर्नुपर्ने अर्थमन्त्रालयले पनि पटक–पटक बोली फेरेका कारण पनि यसमा नागरिक पीडित बनेका छन् । सरकारले भुक्तानी गर्न बाँकी करिब


अर्थले रोकिदियो १ लाख जनाको कोरोना बिमा भुक्तानी

काठमाडौँ — सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले लामो समयदेखि रोकिदिँदा १ लाखभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाउन सकेका छैनन् । बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम नदिँदा करिब एक वर्षदेखि दाबी भुक्तानी रोकिएको हो । अर्थ मन्त्रालयले ‘बेमौसमी वर्षाले धानबालीमा क्षति पर्‍याएपछि किसानलाई राहत दिनुपर्ने, मल खरिदका लागि अतिरिक्त बजेट चाहिने’ लगायत कारण देखाई स्रोत नभएको भन्दै बिमाको


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले सङ्खुवासभा को खाँदबारी, चैनपुर,भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उत्त कार्यक्रममा बिमाको महत्व र दावि भुक्त्तानि कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभाबकारी


रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कम्पनीका डीसीईओ निराजन कँडेल नियुक्त भएका छन् । सीईओ प्रविणरमण पराजूलीले राजीनामा दिएसँगै उनलाई कामु सीईओ नियुक्त गरिएको हो । पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते पूरा भएको हो । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई नियुक्त गरेको जनाएको छ उनीसँग आर्थिक क्षेत्रमा काम गरेको


लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको भएको छ । बैंकले शुक्रबार सो साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसगै शेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित


काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।