
बीमा कम्पनीको सहभागितामा एक खर्बको वैकल्पिक विकास वित्त कोष बनाउँदै सरकार
सरकारले बीमा कम्पनीको सहभागिता सहितको एक खर्ब रुपैयाँ बराबरको वैकल्पिक विकास वित्त कोष निर्माण गर्ने भएको छ । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको विद्येयक अनुसार कोषमा नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको पनि लगानी रहनेछ । मन्त्रालयले विद्येयक मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । कोषको अधिकृत पुँजी एक

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय चैत १४ गतेसम्मका लागि थप
नेको इन्स्योरेन्सले हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ । यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको हो । नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर बिक्री

सरकारले बीमा गराएर जनतालाई झुक्यायो, २१ अर्ब ७६ करोड बीमा दाबी भएन भुक्तानी
विभिन्न खालका बीमा दाबी बापत सरकारले २१ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरेको छैन । बीमामा प्रोत्साहन गर्न र न्यून आय भएका वर्गका लागि सरकार आफैले घोषणा गरेको बीमा अनुदान बापतको रकम भुक्तानी नगरेको हो । सरकारले स्वास्थ्य बीमा बापतको ८ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको छैन । त्यस्तै, कोरोना बीमा बापतको ११ अर्ब

विदेशी पुर्नबीमा कम्पनी र ब्रोकर नेपालमा व्यवसाय गर्न इच्छुक
नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न इच्छुक १९ विदेशी पुर्नबीमा कम्पनी र ब्रोकरलाई नेपाल बीमा प्राधिकरणले सुचीकृत गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि सुचीकृत गरिएको प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बताए । सुचीकृतमध्ये १० विदेशी पुर्नबीमा ब्रोकर छन् भने नौ विदेशी पुर्नबीमा कम्पनी छन् । सुचीकृत कम्पनीहरुले नेपाली बीमा कम्पनीसँग पुर्नबीमाको लागि

सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु, बीमा बारे जनचेतना जगाउने
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले चैत २४ गते, शुक्रबारदेखि कार्यक्रमकाे सुरुवात गरेकाे हाे । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बीमा विलासिता नभएर अनिवार्य आवश्यकता हो

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवालाई आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र ‘एनआरडीएससी’ द्वारा ज्येष्ठ नागरिक दिवा सेवा ब्रह्मज्ञानी विश्रामालय र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग गेरेको छ । कम्पनीले विराटनगर महानगरपालिकास्थित ब्रह्मज्ञानी विश्रामालयलाई एक लाख रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । यस एनआरडीएससी संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा

लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्तापूँजी ४ अर्ब १८ करोड पुग्यो
साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज अर्थात् चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् । दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको

धमाधाम मर्जरमा बीमा कम्पनी
पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । हालै मर्जर प्रक्रिया स्वीकृत गर्न आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २२ गते विशेष साधारणसभा डाकेका हुन् । आइएमई जनरलको सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेट र प्रुडेन्सियलको बाराको

आइजीआई प्रुडेन्सियल’ बन्यो देशकै ठूलो निर्जीवन बीमा कम्पनी
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालज्यू तथा अतिथिको रुपमा

बीमाको लोभमा चालकले नै लगाए गाडीमा आगो
काठमाडौं । बर्दियाका चालक रामु चौधरीले बीमा दावी गर्ने मनासयले आफै गाडीमा आगो लगाएका छन् । गाडी मर्मत गर्न बढी रकम लाग्ने भएपछि निज चालकले आफ्नो फोर्स गाडीमा आगो लगाएका पुष्टि भएको छ । फागुन १ गते बिहान करिब २ बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल