एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजारजना विद्यार्थीले नेपालका विभिन्न कलेजमा सतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नुपर्नेछ। यसका लागि विद्यार्थीले रु.
एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा १० को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४
एसईई नतिजा आज आउने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता
कोरोना संक्रमण बढ्दै : २४ घण्टामा ५६८ संक्रमित थपिए, एक जनाको मृत्यु
कोभिड संक्रमणले सोमबार थप एक जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामै कोभिडबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि आइतबार कोभिडका कारण २ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण फैलिएको छ । पछिल्लो
गरिबी निवारणमा सवा २६ अर्ब खर्च, उपलब्धि भएन
सरकारले गरिबी निवारण गर्ने उद्देश्यले २६ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेपनि प्रतिफल न्यून देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गरिब, महिला, दलित र जनजातिलाई लक्षित गर्दै ६४ जिल्लामा कार्यक्रम सञ्चालन भएको छ । गरिबी निवारणमा प्रत्यक्ष लगानी गरिए पनि प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सामुदायिक संस्थामार्फत आय
५ देखि ११ वर्षका लागि आइपुग्यो थप २३ लाख कोभिड खोप
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको २२ लाख ९९ हजार २ सय डोज खोप आएको छ । सरकारले संयुक्त राष्ट्रसंघको गाभीमार्फत आइतबार बालबालिकाका लागि खोप ल्याएको हो । स्वास्थ्य विभागले आएको थप खोपलाई स्टक र मागका आधारमा आइतबारै सातै प्रदेशमा वितरणका लागि पठाइएको जनाएको छ । विभागका अनुसार पहिलो चरणमा खोप अभियान चलाइएका
कसरी लाग्छ हैजा, यी हुन् लक्षण र रोकथामका उपाय
हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडौंमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् । हैजा के हो, कसरी लाग्छ ? यो गम्भीर प्रकृतिको
विषादी हालेका फलफूल र मापदण्ड पालना नगरी जारको पानी बेच्नेलाई कारबाही हुने
दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना
रिलायन्स इन्टरनेसनल एकेडेमीले दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने
रिलायन्स इन्टरनेसनल एकेडेमीले एसईई परिक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने गरी दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने भएको छ। “तपाइको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु ” विषयक सो निवन्ध प्रतोयोगितामा सहभागिता जनाउन चाहने विद्यार्थीहरुले असार ५ गते देखि १५ गते सम्म २०० देखि २५० शव्द सम्मको निबन्ध क्याम्पसमा बुझाउनु पर्ने अतिरिक्त क्रियाकलाप संयोजक
बालबालिकाका लागि अमेरिकाबाट आइपुग्यो खोप
५ देखि ११ वर्षमुनिका बालबालिकाको कोभिड–१९ विरुद्धको खोप आइतबार अमेरिकाबाट ल्याइएको छ । खोप कोभ्याक्स सुविधाअर्न्तगत निःशुल्क प्राप्त भएको हो । पहिलो लटमा आइपुगेको २२ लाख ३ हजार २ सय डोज खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ । स्वास्थ्य विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउने तयारी