संस्था संकटमा छ भने बचतको ५% रकम मात्र दिनू : सहकारी महासंघ

राष्ट्रिय सहकारी महासंघले संयुक्त अपिल जारी गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको मूल मन्त्रलाई आत्मसात गरी संस्थालाई दीगो, विश्वसनिय र सक्षम बनाउन सबै एकजुट हुन आग्रह गरिएको हो। हाल वित्तीय कारोबार गर्ने केही सहकारी संस्थामा देखिएको तरलता समस्यालाई गहन विश्लेषण गरी सहजीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघ लि., राष्ट्रिय सहकारी बैंक


सहकारी पहिचान सहितको कोप कार्ड शुभारम्भ

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवाको शुरुवात गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना


सहकारीका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना

राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका


गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषित गर्न सिफारिस

सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषित गर्न भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गरेको छ। बिहीबार विभागले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो। सहकारी ऐनको दफा १०४ (१) को प्राबधान बमोजिम गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ११ सय भन्दा


घरजग्गा र ठूलो लगानी नगर्न सहकारी संस्थालाई महासंघको आग्रह

राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई घरजग्गा र ठूलो लगानी नगर्न आग्रह गरेको छ । साथै महासंघले जोखिम मूल्यांकन गरी सामान्य अवस्था भन्दा बढी तरलता कायम राख्न आह्वान गरेको छ । मंगलबार महासंघले एक अपिल जारी गर्दै जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।


गौतमश्रीका अध्यक्षको विज्ञप्ति, ‘जायजेथा र सम्पत्ति बेचेर भएपनि बचत रकम फिर्ता गर्छु’

गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताउनुभएको छ । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताउनुभएको छ । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको


गौतमश्री सहकारी ठगी प्रकरण : आइतबार मात्रै एक हजार बढीले दिए उजुरी

काठमाडौंस्थित गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक यतिबेला बचकर्ताको रकम फिर्ता नगरी फरार भएका छन् । पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि पीडितहरु सहकारी विभागमा पुगेका छन् । यता सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका


जग्गा धितोमा कर्जा दिन सहकारीलाई पनि बन्देज

अब सहकारीले पनि जग्गा धितोमा कर्जा दिन नपाउने भएका छन् । सरकारले बैंक तथा तथा वित्तीय वा सहकारी संस्थालाई जग्गा धितो राखेर कर्जा प्रवाह गर्न रोक लगाएको हो । जग्गा धितो रोक्का राख्न खेती योग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था सरकारले गरेको छ । खेती योग्य (कृषि क्षेत्र)


२० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजी दिने

अर्थमन्त्री जनार्दन शर्माले सहकारीमार्फत उत्पादन, उद्योग र रोजगारी उत्पादन गर्न प्रोत्साहन गर्ने बताए । सहकारी खेती, सामूहिक चक्लाबन्दीमा प्रोत्साहन गर्ने उनको भनाइ छ । सीपबिहीनलाई सीप, बेरोजगारलाई रोजगार, गरिबी कम गरिने, कार्यक्रम चलाइने सरकारले जनाएको छ । गरिब घर परिवार, शहरी गरिबलाई अपार्टमेन्ट दिने, श्रम योग्य श्रमिकलाई तालिम दिएर उत्पादन वृद्धि गर्ने सरकारले घोषणा गरेको


सहकारीले ५१ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने

सहकारी संघसंस्थाले आफूले प्रवाह गरेको कुल कर्जाको कम्तीमा ५१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । घरजग्गालगायत अनुत्पादक क्षेत्रमा सहकारीले ठूलो कर्जा प्रवाह गरेको आरोप लागिरहेका बेला एकीकृत निर्देशन जारी गर्दै सहकारी विभागले यस्तो निर्देशन दिएको हो । ‘सहकारी संघसंस्थाले प्रवाह गरेको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ,