इसेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्र्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २०
विद्युतीय कारोबारमा ठगी बढ्याे, सावधानी अपनाउन राष्ट्र बैंकको ७ बुँदे सुझाव
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको र विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति /समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेका राष्ट्र बैंकले जनाएकाे छ । साेही अनुरूप राष्ट्र
एक महिनामै क्युआरबाट मात्रै ६ अर्ब ६० करोड भुक्तानी
पछिल्लो समय डिजिटल भुक्तानीमा उल्लेखीय वृद्धि भएको छ । मोबाईल तथा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या वृद्धि भएसँगै डिजिटल भुक्तानीका माध्यम डिजिटल वालेट, मोबाईल बैकिङ्ग, ईन्टरनेट बैकिङ्ग, कनेक्ट आई.पि.एस लगायत बाट हुने कारोबार निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पौष महिनामा मात्रै मोबाईल बैकिङ्गबाट ९३ अर्ब ५० करोड रुपैँया बराबरको कारोबार भएको छ ।
बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै
बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको
कामना सेवा विकास बैंक र MOCO एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी
कामना सेवा विकास बैंक लिमिटेड र ःइऋइ एप बिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत श्री प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।
बैंकले फेरि बढाए ब्याजदर
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ । यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले
निक्षेपमा सुधार आउनासाथ बैंकहरूको कर्जा बढ्यो
काठमाडौँ — स्रोत नहुँदा कर्जा प्रवाह समेत गर्न नसकेका बैंकहरुले केही निक्षेप थपिएसँगै पुस मध्यपछि भने कर्जा बढाएका छन् । सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकहरुमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेसँगै पुस मध्यपछि बैंकहरूमा निक्षेप बढेको थियो । त्यस्तै पुनर्कर्जाको रकम पनि प्रवाह हुँदा निक्षेपमा थप सुधार देखिएको थियो ।
कृषि विकास बैंक विदेशी मुद्राको बैंक खाता सञ्चालनमा ल्याउने तयारीमा
कृषि विकास बैंकले आगामी माघ ७ गते हुने ५५ औं वार्षिक उत्सवको अवसरमा गैह्र आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गर्ने तयारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवातपछि विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यककागजात अपलोड गरी शून्यमौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।
नबढाउने भए बेकहरुले माघमा निक्षेपको ब्याजदर
वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंकहरुले माघमा पनि पुसकै ब्याजदरलाई लागू गर्नेगरी सूचना प्रकाशन गर्ने तयारी गरेका हुन्। यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले औपचारिक निर्णय नै गरेको बताइएको छ। यद्यपी यसकाे सार्वजनिक भने गरिएकाे छैन।
कोरोना महामारीका कारण बोटलर्स नेपाल तराई र बालाजुले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने
बोटलर्स नेपाल तराई र बालाजु कम्पनीको पुस २८ गते गर्ने भनिएको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारको निमित्त २५ जनाभन्दा बढी भेला हुने रोक लगाएको सन्दर्भमा नेपाल सरकारको निर्देशन अनुसार साधारण सभा गर्नुपर्ने भएकाले शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेको छ । बोटलर्स नेपाल (बालाजु) ले