साहस उर्जाको आइपिओ बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट ६ लाख ४४ हजारले पाए १० कित्ता
१७ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडकोे आईपीओ आइतवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् ।कम्पनीको अनुसार २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषहरुले प्राप्त गरेका हुन् । शेयरका
प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा
१७ असोज, काठमाडौं । प्रभु बैंकले आजदेखि ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले लिलामीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, तथा संस्थाले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने जनाइएको छ । शेयर खरिद गर्न प्रतिकित्ता न्युनतम २०५ रुपैयाँ तोकिएको हुनाले सो
लक्ष्मी लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा
काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो। लघुवित्तको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र करसमेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति
साहस उर्जाको आईपीओ बाँडफाँट, १७ लाखभन्दा बढीको हात खाली
काठमाडौं– साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। सेयर विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले केन्द्रीय कार्यालयमा एक कायैक्रम गरी सेयर बाँडफाँट गरेको हो। मागभन्दा पाँच गुणा बढी आवेदन परेको कम्पनीको सेयर गोलाप्रथाबाट गरिएको छ। कुल आवेदक २३ लाख ८३ हजार ४ सय ६० जनामध्ये ६ लाख ४४ हजार जनाले मात्र १० कित्ताका दरले सेयर पाएका
न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै साढे दुई गुणा आवेदन
१५ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिननै करिब साढे दुई गुणाको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ३ लाख ९० हजार आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको छ ।
साहस उर्जाको आईपीओ प्रि-अलोटमेण्ट शुक्रवार सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं ।साहस उर्जा लिमिटेडकोे आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो । बोर्डको स्वीकृति प्राप्त भए आइतवार आईपीओ बाँडफाँट गरिने जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ
न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनमा ल्याएको हो । कम्पनीले निष्कासन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट
आईपीओ निष्कासनको तयारीमा सीवाईसी नेपाल लघुवित्त
काठमाडौं– सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्याटिलले गर्नेछ। धितोपत्र बोडबाट अनुमति पाएपछि कम्पनीको आईपीओ निष्कासनको प्रकृया अघि
सिवाइसी नेपाल लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन
१४ असोज, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा असोज ११ गते बोर्डमा निवेदन दर्ता गराएको हो