सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो
सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६०
धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य सात बुँदाहरु
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सेबोनले एक कार्यक्रमबीच धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोन अध्यक्ष रमेशकुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने योजना
मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हट्ने
नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने जनाएको छ । “अहिले सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म हुँदैन् ।” बोर्ड अध्यक्ष रमेश कुमार हमालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो । नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति ल्याउदा
अब मर्जर तथा प्राप्तिका कारण लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने
मर्जर तथा प्राप्तिका कारण अब लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान व्यवस्था खारेज गरेको हो । आगामी दिनमा मर्जर तथा प्राप्तिका सम्बन्धमा कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन
सिभिल बैंकको सेयर कारोबार रोक्का
दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । अन्तिम कारोबारमा सिभिलको
सफल भएन बजारका अनधिकृत क्रियाकलाप रोक्न धितोपत्र बोर्ड
महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डले नेप्सेको अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकृत क्रियाकलाप तथा थपघट बारेमा शीघ्र सुचना पाउन र त्यसलाई नियन्त्रण गर्न नसकेको बताएको छ । बुधबार सार्वजनिक महालेखापरीक्षक कार्यालयको बार्षिक प्रतिवेदनमा उक्त कुरा औँल्याइएको हो । धितोपत्र ऐन, २०६३ को परिच्छेद(८ अनुसार धितोपत्र बजार,
२२ लघुवित्त कम्पनीहरूको शेयर मूल्य १ हजार रुपैयाँभन्दा तल
पछिल्लो समय धितोपत्र दोस्रो बजार घटिरहँदा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा पनि कमी आइरहेकाे छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुँदै आएका लघुवित्त कम्पनीहरूको शेयर मूल्य बजार घटेसँगै कम भएकाे छ । नेप्सेमा सूचीकृत ५२ लघुवित्त कम्पनीहरूमध्ये २२ कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा
हिमालयन हाइड्रोपावरको आईपीओ भर्नुभयो ?, आवेदन दिने आज अन्तिम दिन
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने दिन आज अन्तिम रहेको छ । असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्र भर्न सकिनेछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५०
धितोपत्र कारोबारमा ‘एओएन’को प्रावधान हट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबारमा विक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ । नेपाल धितोपत्र बोर्ड र १९ बुँदे कार्यान्वयन समितिबीचको पहिलो बैठकमा एओएन फिचर हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार नेप्सेले असार १९ गतेदेखि लागू हुनेगरी उक्त प्रावधान हटाएको हो । यसअघि खरीदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो
मौद्रिक नीतिमा भएको त्रुटिका कारण सेयर बजार प्रभावित: अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् । आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक