मतगणना सुस्त, अन्तिम परिणाम ‘१० दिनभित्र’ मात्रै

निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ । ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रमुख


निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख दिईने

सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको


आयातित पेन्टमा ‘काउन्टरभेलिङ’ शुल्क लगाउन उद्योगीको माग

नेपाल पेन्ट उद्योग संघले स्वदेशी उत्पादनको खपत बढाउन र आयातित पेन्टलाई प्रतिस्थापन गर्न ‘काउन्टरभेलिङ’ शुल्क लगाउन माग गरेको छ । ‘हालसम्म तयारी पेन्टको आयातमा काउन्टरभेलिङ शुल्क छैन, यो शुल्क लगाइयो भने आयातित पेन्टको मूल्य बढ्न गई स्वदेशी पेन्टको खपत बढ्नेछ,’ संघका अध्यक्ष विश्वप्रकाश साँखले भने, ‘यो शुल्क सरकारले लगाउने हो । अधिकतम १० प्रतिशत लगाउन


१ अर्ब निक्षेप संकलन हुँदा ३ अर्ब कर्जा लगानी

एक सातामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ । बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक


गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुँदैछ । बुधवार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भए पनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले


नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले प्रक्षेपण गरेको छ । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले पनि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो


‘महिलालाई पूँजीसँगै व्यावसायिक शीप पनि आवश्यक’

महिला उद्यमशीलताको विकास गर्न पूँजीका साथै व्यावसायिक शीप पनि आवश्यक रहेकोमा सरोकारवाला तथा विज्ञहरूले जोड दिएका छन् । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा गरेको स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२२’ अन्तर्गत सम्पन्न ‘महामारीपछि महिलालाई व्यवसायको अवसर’ विषयमा भएको छलफलका वक्ताले महिलालाई व्यवसाय गर्न पूँजीसँगै व्यावसायिक शीपसमेत सिकाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा


पुनर्कर्जा दिने सुविधा थप कटौती गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कोरोनाको विभिन्न लहरबाट प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा थप कटौती गर्ने तयारी गरेको छ । राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा राष्ट्र बैंकले बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो । उक्त कोषमा भएको भन्दा बढी रकम दिँदा नोट छापेरै वा छापेर


चीनले नेपाललाई हस्तान्तरण गर्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नौ बुँदे समझदारी

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री नारायण खड्कालाईविमानस्थलको साँचो हस्तान्तरण गरे । त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र क्षेत्रीय उडानहरुमार्mत पर्यटन


संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल

संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले