प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको


प्रभु इन्स्योरेन्सको नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो। समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले


बिमामा गलत क्रियाकलाप नगर्न समितिको निर्देशन

काठमाडौं– बिमा व्यवसायमा नक्कली कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ। नियामक निकाय समितिले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको हो। समितिमा बिमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत


सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांश रहेको हो। प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्नुअघि बीमा समितिको


प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर आजदेखि लिलामीमा

काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज (मंगलवार)देखि संस्थापक सेयर लिलाम विक्री खुला गर्ने भएको छ। कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो। उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कात्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ


रिलायन्स लाइफले ल्यायो ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो बिमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमाङ्‍कको पाँच प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ। उक्त  व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमाङ्‍क रकम बराबरको रक्षावरणसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ। ‘यो योजना


विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए। कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए।


कोरोना बीमाको रकम भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं – विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्। मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्। यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका


कुन बीमा कम्पनीको कति छ सेयर बजारमा लगानी ! (पूरा पढ्नुहोस्)

काठमाडौं – बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ बढी लगानी गरेका हुन् । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५’ जारी गर्दै तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार,


सरकारले पैसा नदिँदा रोकियो कोरोना बीमा भुक्तानी

काठमार्डौँ – सरकारले रकम निकासा नगर्दा कोरोना बीमाबापत् भुक्तानी गर्नुपर्ने रकम रोकिएको छ। कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन्, अझै कति समय लाग्ने हो टुंगो छैन। अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ। हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट