गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार


भारतीय भूमिबाट सल्केको आगोले पर्साका १५ किसानको लाखौँको क्षति

सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।


सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादर महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका छन्‌। कार्यालय समय शुरु हुनासाथ आइतबार गृह र सुरक्षा प्रशासनका अधिकारीहरूलाई आफ्नो कार्यकक्षमै बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा महरा लगायतमाथि कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएको हो। गत चैत १ गते विद्युती चुरोट (भेप) भित्र


बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीको बयान लिने तयारीमा सीआईबी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा अतिक्रमण प्रकरणमा व्यापारी विनोद चौधरीसँग बयान लिने भएको छ। गृहमन्त्री रवि लामिछानेले चौधरीसँग बयान लिने प्रकृया थाल्न सीआईबीलाई निर्देशन दिइसकेका छन्‌। चौधरी समूहले बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनीभन्दा बढी सरकारी जग्गा राजनीति/प्रशासनिक साँठगाँठमा हडपेको छ। सो जग्गामा विनोद चौधरीको घरानाले सीजी चाँदबाग स्कूल लगायत व्यापारिक संरचना ठड्याइसकेको छ। कारखानाको


आठ वर्ष बित्यो, बन्दरगाह विस्तार अधुरै

वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) र एकीकृत जाँच चौकी (आईसीपी)को बीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण अझै टुंगिएको छैन । प्रक्रिया शुरू भएको ८ वर्ष बितिसक्दा पनि मुआब्जाको विवाद नै टुंगो लागिसकेको छैन । banner ads सरकारले २०७३ सालमा अधिग्रहण गर्ने भनेर जग्गाको कारोबार रोक्का गरेको थियो । त्यसको २ वर्षपछि कित्ता खुलाएर सूचना प्रकाशित भएको


नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमा कायमै

मुलुकभित्र सुशासनको चर्को नारा लाग्दै आए पनि नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमै रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गतवर्षभन्दा यस वर्ष केही सुधार भए पनि व्यापक भ्रष्टाचार हुने मुलुकको पंक्तिबाट नेपाल हट्न सकेको छैन । सीपीआई २०२३ मा


धरहरा पार्किङ् भवनको पहिलो तलामा निःशुल्क पार्किङ् गर्न पाईने

धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको महानगरले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ,‘यस अघि काठमाडौँ


वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?

पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही


हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको केहि सेकेण्डदेखि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको पहिलो कारोबार भने यो


उखु किसानले पाए २९ करोड २५ लाख रुपैयाँ अनुदान

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट उखु उत्पादक