मिटरब्याजीविरुद्ध कानुन अभाव
केही दिनदेखि राजधानी काठमाडौँ आएर आन्दोलन गरेका मिटरब्याज पीडितका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। यसअगाडि समेत गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गतिविधि भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको थियो। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटरब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको
आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद् विस्तार गरी सपथ ग्रहणको तयारी रहेको बताएका हुन् । ‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर
स्टार्टअप कार्यविधि कार्यान्वयन तीन प्रतिशत ब्याजमा पच्चीस लाखसम्म कर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रमको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ
विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैनः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने जनाएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो । राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको
स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो
स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवद्र्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट अप कर्जा कार्यविधि
आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले
ऋण नतिर्ने छुट कसैलाई छैन : राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाका केही ऋणीहरु ऋण नतिर्ने भन्दै आन्दोलनमा छन् । बैंकका ठूला ऋणीदेखि लघुवित्तका स–साना ऋणीसमेतले ऋण नतिर्ने भन्दै विभिन्न खालका अभिव्यक्ति दिइरहेका छन् । व्यवसायी दुर्गा प्रसाईं बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न अभियान नै सञ्चालन गरेका छन् । केहि दिनअघि लघुवित्त संस्था र मिटर ब्याजीबाट पीडित भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन
बैंक, वित्त र तिनका कर्मचारीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षामा ध्यान दिन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बैंक वित्तका कर्मचारीमाथि पछिल्लो समय भएको आक्रमणबारे चासो राख्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा
सहकारीमा तरलता सहज हुँदै
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)मा बचत बढेको छ । मंसिर महिनाको तुलनामा पुसमा बचत बढेको हो । बचत बढेसँगै तरलता रकम पनि बढेको छ । मंसिर महिनामा १६ अर्ब १४ करोड रुपैयाँ बचत रहेको नेफ्स्कूनमा पुस मसान्तमा आइपुग्दा १७ अर्ब रुपैयाँ पुगेको छ । प्रारम्भिक सहकारीमा बचत बढ्दा नेफ्स्कूनमा पनि बचत बढ्ने गर्दछ