वैशाख– १० उपनिर्वाचनः कांग्रेस महामन्त्रीद्वय र माओवादी महासचिव होमिए तनहुँमा

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ तनहुँ जाने भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईको चुनावी आमसभामा सहभागी हुनका लागि उनीहरु भोलि (वैशाख–५ गते) तनहुँ जान लागेका हुन् । तनहुँमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट भट्टराई, नेकपा (एमाले) बाट पूर्व आईजिपी


९ महिनामा लाभांशबापत १४ अर्ब रुपैयाँ विदेशियाे

चालु आर्थिक वर्षको नौ महिनामा लाभांशबापत झन्डै १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे नौ महिनाको तथ्याङ्कअनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५


ओलीलाई भेट्न प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । अध्यक्ष ओली अस्वस्थ भएकाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा छलफलका लागि ओली निवास बालकोटमा जानुभएको हो । साथमा


चन्द्रप्रसाद ढकालले गरे महासंघ अध्यक्षको पदबहाली

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार महासंघ सचिवालयमा पदबहाली गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे । अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजीक्षेत्रबीच साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना


सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु, बीमा बारे जनचेतना जगाउने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले चैत २४ गते, शुक्रबारदेखि कार्यक्रमकाे सुरुवात गरेकाे हाे । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बीमा विलासिता नभएर अनिवार्य आवश्यकता हो


सङ्घीय सरकारले समन्वय गर्नै नचाहेपछि सिंहदरबारको फोहर नउठाएको हो : बालेन्द्र शाह

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पालिका सरकारले पटक पटक पहल गर्दा पनि सङ्घीय सरकारले समन्वय गर्नै नचाहेका कारण बाध्य भएर सिंहदरबारको फोहर रोक्नुपरेको बताउनुभएको छ । सिंहदरबारको फोहर नउठाएपछि भइरहेको चर्चाको फेसबुकमार्फत् जवाफ दिँदै उहाँले विभिन्न विषयमा सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गर्नुभएको छ ।


कर्जाको माग नहुँदा बैंकमा थुप्रियो पैसा

बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन् । उनीहरुले कर्जाको ब्याजदर घटाउन माग गर्दै आएका छन् । हाल बैंकहरुमा कर्जाको माग ह्वातै घटेको छ । एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग भने


अर्थतन्त्रका संरचनात्मक समस्या समाधानको कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रिय योजना आयोगले गर्ने यस्तो बैठकले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा समेत गरेको छ


आईएमएफ र आईएफसीसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् ।


चैत ३० गते चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज