माथिल्लो अरुणका लागि एक खर्ब ३० अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट


सरकारी संस्थानका चाडपर्व लक्षित सहुलियत पसलमा छुटै छुट, केमा कति ?

सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु


ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सरकारले सोमबार (आज) ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब


असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह

कृषि विकास बैंक लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण गर्ने आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्तभित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको हो । नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पेलगायत बैंकका शाखा कार्यालयमा बुझाउन भनेको छ । तोकिएको अवधिभित्र नविकरण नभएमा डिम्याट खाता फ्रिज हुने


धौलागिरी र खप्तड लघुवित्तको सम्पूर्ण वित्तीय कारोबार असार १९ गते बन्द हुने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार सुरू गर्न लागेका हुन । एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते एक दिन दुबै कम्पनीको वित्तीय कारोबार


लैनचौरस्थित प्रहरी हिरासतमा रात विताएका रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

नेकपा (एमाले)का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रह्रीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । एमाले कार्यकर्ताको घरमा लुकेर बसेका रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । पक्राउ परे लगत्तै स्वास्थ्य परिक्षण गराएर राती लैनचौरस्थित प्रहरी हिरासतमा राखिएका


मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराएका थिए।


नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ, लहरो अझै तानिँदै

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेकाे अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । मङ्गलवार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा


साउदीमा रहेको नेपाली दूतावासले पनि दिन थाल्यो पुनः श्रम स्वीकृति, घरेलु श्रमिकले पनि लिन सक्ने

साउदीमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ । दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि श्रम स्वीकृति नवीकरण दूतावासबाटै


महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार

देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मन्दी र बजारमा आर्थिक समस्या देखिरहेको बेला महत्वाकांक्षी बजेट ल्याउने संकेत दिएका हुन् । स्रोतको