डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । आज पनि शनिबारकै मूल्यमा खरिद विक्री गर्न सकिने गरी नेपाल राष्ट्र बैंकले दरभाउ तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।


खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं- दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन् । चिनियाँ पक्षले बिना कारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर


दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

काठमाडौँ – व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक


प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो, बोनस कति ?

८ असोज, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा


चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाडौँ – विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने


राष्ट्रिय सभा बैठक बस्दै : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौँ – राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ । यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् ।  राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार


घट्न थाल्यो रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिट्यान्स १८ प्रतिशत घटेको छ । यसअघि निषेधाज्ञाका बेला पनि बढेको रेमिट्यान्स गत साउनमा घटेको हो । राष्ट्र बैंकका अनुसार गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १८.१ प्रतिशत कम रहेको राष्ट्र बैंकको साउनको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।


डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, २१ प्रतिशत लाभांश दिँदै

७ असोज, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यही असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने जनाएको छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण असोज


सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह

७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार आर्थिक वर्ष २०७८/७९ को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।त्यस अनुसार असोज मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क बुझाउनु पर्नेछ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक


सरकारलाई खर्च गर्ने बाटो खुल्यो ,राष्ट्रपतिद्धारा विनियोजन विद्येयक प्रमाणीकरण

७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विद्येयक २०७८ प्रमाणीकरण गरेकी छिन्।संसदको दुबै सदनको बैठकबाट पारित भएर आएको विद्येयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुल्ने छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा