१२ वाणिज्य बैंकको नाफा ३३ अर्ब ६७ करोड बढी, कुनको कति ?
नेपालमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १२ वटाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार सानिमा बैंकको नाफा घटेको छ भने बाँकी ११ वटा बैंकले नाफा बढेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा कमाएको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड
प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट
प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको सर्वविदितै छ । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको यस
सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई दियाे ५ लाख
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयाेग गरेकाे हाे । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा
सिभिल बैंकको सेयर कारोबार रोक्का
दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । अन्तिम कारोबारमा सिभिलको
वाणिज्य बैंकहरूमा बढ्यो निक्षेप, असारमा १ खर्ब थपियो
चालू आर्थिक वर्ष (आव) को असारमा वाणिज्य बैंकहरूमा करीब १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार लागेसँगै सरकारी खर्च बढेपछि बैंकहरूमा उक्त परिमाणमा निक्षेप थपिएको हो । निक्षेप बढेसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार असार २४ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब
नबिल दिगो बैंकिङको एक वर्ष पूरा‚ ‘ग्रिन विक’ मनाउँदै
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्द्धन एवम् राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ सुरु भएको नबिल दिगो बैंकिङले एक वर्ष पूरा गरेको छ । २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु भएको थियो । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका
नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने
नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ । नबिल बैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि
नबिल बैंकका सीईओ ढुङ्गाना शुक्रबारबाट कार्यभार सम्हाल्दै
नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्नुहुने भएको छ । उहाँले शुक्रबार अर्थात् असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्नु हुनेछ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहनुहुनेछ । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार
एन आई सी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत